Achievement Recognition Award

///Achievement Recognition Award

Achievement Recognition Award

आदरणिय कियाछु युके परिवार सम्पूर्णमा नमस्कार/सेवायो!

यहाँहरूलाई सर्वविदितै छ सधाझै हाम्रो यो बर्षको बार्षिक भेला कार्यक्रम यही आगामी 25 Aug शनिवारको दिन आस्फोर्डमा हुन गईरहेको छ भन्ने बारेमा त! यस भेला बारे थोरबहुत गएको केहि हप्ता अगाडी मैले ईमेलमार्फत पनि यहाँहरूलाई जानकारी गराईसकेको छु र त्यो भन्दा अगाडीका प्रत्येक मिनटस्हरुमा पनि समाबेस गरिएको छ साथै हाम्रो सुमन भाईले उत्कृष्ट flyer बनाएर सबै संजाल माध्यमद्वारा सम्प्रेसण पनि गरिसक्नु भएको छ। त्यसैले सम्पुर्ण बुबा-आमा, दाजुभाई-दिदिबहिनी, नानीहरू साथै सम्पूर्ण हाम्रो छोरीचेली ज्वाँईचेलाहरूलाई यस कियाछु युकेको बार्षिक भेला २०१८ मा उपस्थित भईदिन हुन हार्दिक निमन्त्रण गर्दछौ। उक्त भेलाको मुख्य उद्देश्य भनेकै तँपाई हामी एक आपसी सदभाव/भेटघाट, भलाकुसारी, चिनजान, तितामिठा कुराहरूको आदनप्रदान, पाकेका परिकार खाने, पिउने, मनोरन्जन गर्ने र एकैछिन भए पनि यो प्रदेशको सदाब्यस्ततालाई भुल्ने।

अब केहि हप्ता मात्र बाँकी रहेकोले कृपया संस्थाका कोषाक्क्ष्य बिष्णु जिमीलाई चाँढो भन्दा चाँढो तपाँईहरूको उपस्थिति संख्या दर्ता गराउनु हुन अनुरोध गरिन्छ ताकी खानपिनको साथै अन्य प्राविधिक व्यवस्थापन गर्न संम्बन्धित व्यक्तिहरूलाई सजिलो होस।

उक्त बार्षिक भेलाको अवसरमा, यसै बर्ष विभिन्न शैक्षिक योग्यता हाँसिल गरेका हाम्रा नानीहरूलाई संस्थाको तर्फबाट प्रमाणपत्र प्रदान गरेर सम्मान गरिनेछ। त्यसैले यो बर्ष यहाँहरू जसजसको नानीहरूले GCSC मा ३ वा त्यो भन्दा माथी A* (grade 8) र University complete गरेका graduates, Masters, Doctorate सबैको नाम उक्त शैक्षिक बिवरणहरूका साथ आफ्ना बुबाआमाको नाम Gen Secretary लाई यहि आगामी 12 Aug सम्ममा दिईसक्नु पर्नेछ।

राफल ड्र, KYCUK Ladies Committee का सचिव श्रीमती ललिता खायखिम ज्युले यहाँहरू सम्पूर्णमा जानकारी र sponsorship को लागी अपील गरिसक्नु भएको छ र कृपया सबैले साथ दिनुहोला। कार्यक्रमलाई मनोरञ्जनात्मक र अबिस्मरणिय बनाउन यहाँहरूकै हात रहनेछ। यहाँहरूले राफल ड्र को लागि सहयोग अर्थात prize sponsor गर्नु हुन्छ भने कृपया श्रीमती ललिता खायखिम ज्युलाई 07478218539 मा सम्पर्क गरेर आफ्नो नाम sponsorship list मा चढाउनु होला।

याक्खा भेष, यहाँहरू सम्पूर्णमा के पनि जानकारी गराउदछौ भने, उक्त भेलामा आफ्नो संस्कृति, पहिचान झल्काउनको निमित्त याक्खाहरूको आफ्नो मौलिक पहिरन/भेषभुषा लगाएर उपस्थित भईदिनको लागी अनुरोध गर्दछौ। उक्त भेलामा आफ्नो मौलिक भेषभुषामा पाल्नुहुने उत्कृष्ट जम्मा ४ जना, पुरूष महिला एक एक र नानीहरू (१७ बर्ष उमेर भन्दा कम) केटा केटी एक एक लाई पुरस्कृत गरिनेछ!

अन्त्यमा फेरी पनि म लगायत संस्थाको अध्यक्ष्य र आयोजक टिमको तर्फबाट सम्पुर्ण युकेवासी याक्खा बुबा-आमा, दाजुभाई-दिदिबहिनी, नानीहरू लगायत हाल visit मा रहनुहुने यहाँहरुको परिवार साथै सम्पूर्ण हाम्रो छोरीचेली ज्वाँईचेलाहरू र भानाभान्जिहरूलाई यस कियाछु युकेको बार्षिक भेला २०१८ मा उपस्थित भईदिनको लागी यसै संजाल मार्फत हार्दिक चुल्हे निम्तो स्विकार्नु होला।

बार्षिक भेला हुने:
मिति-Saturday 25 Aug 2018
स्थान- St Simon Church hall Brookfield Rd, Ashford, Kent, TN23 4EU
समय- 12 – 9pm

यस बार्षिक भेलाको बारेमा अन्य जानकारी को लागि Coordinator श्री गुनाराज खायखिम ज्युलाई सम्पर्क गर्न सक्नु हुनेछ। माथी भनिएका र लेखिएका कुराहरूमा केहि छुटेका, अनर्थ वा अष्पष्टता भएमा सुधारेर बुझ्ने प्रयास गर्नु हुन अनुरोध पनि गर्दछु। र हाम्रा आमन्त्रित पाहुनाहरूलाई सबैले स्वागत र सत्कार गरौं, सकेसम्म वहाँहरूसंग भलाकुसारी गरौं र हाम्रो चिनारी बचाँऔ! धन्यवाद ।

भवदिय
मस-कियाछु युके

2018-10-14T18:28:43+00:00